जोण्टाको ‘गो रेड फर वोमन’
पाेखरा | भदौ १२, २०७९
पोखरा: जोण्टा क्लवको आयोजनामा पोखरामा महिलाहरुका लागि दुई दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
जयन्ती ट्रष्टसंगको सहकार्यमा ‘गो रेड फर वोमन’ नारा दिइएको उक्त शिविर पोखराको भाटभटेनि प्राङगणमा भएको हो ।
कार्यक्रममा झण्डै ४ सय महिलाले लाभ लिएको जोण्टा क्लव अफ पोखराका अध्यक्ष मोनिका थापाले जानकारी दिनुभयो । उहाँका अनुसार शिविरमा महिलाहरुको निःशुल्क ब्लड प्रेसर, नाप, तौल, ईसिजी, बिएमआई, ब्लड ग्लुकोज लगायत टेष्ट गराइएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि पोखरा एकेडेमी अफ हेल्थ साईन्सका भिसी प्रोफेसर डा.डुक बहादुर क्षेत्रीले तीजको बेला महिलाहरुलाई लक्षित गरि आयोजित कार्यक्रम सान्दर्भिक भएको बताउनुभयो । यो सामाजिक क्षेत्रका लागि उदाहरणिय कार्य भएको उहाँको भनाई थियो ।
त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि पोखरा महानगरपालिका वडा न.९ का वडा अध्यक्ष दीपेन्द्र मर्सानीले कार्यक्रमले समाजमा सकारात्म सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गर्नुभयो । क्लबले आगामी दिनहरुमा आयोजना गर्ने कामहरुमा पनि वडाले हातेमालो गर्ने मर्सानीले जनाउनुभयो । महिलाहरुको पर्व हरितालिका तीजका अवसरमा आयोजित कार्यक्रम क्लवका महासचिव नेलिसा ठकुरीले सञ्चालन गर्नुभएको थियो ।
काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (एमाले) को संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ चयन हुनुभएको छ । एमालेको केन्द्रीय कार्यालय, ललितपुर च्यासलमा भएको बैठ...
पोखरा: ब्रेज मेश्रो फिल्म प्रोडक्सन घान्द्रुकको ब्यानरमा लामा अमृत फाउण्डेशन घान्द्रुकद्धारा निर्मित गुरुङ कथानक चलचित्र सौंर्बे म्रु ‘मनको राजा’ को पोखरामा पुन: प्रदर्शन हुने भएको छ । नेपाली भाषामा...
काठमाडौं: काठमाडौैंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उहाँलाई आज बिहान कोटेश्वरको सुविधानगरबाट नियन्त्रणमा...

